उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

Published on

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त भएका छन्। उहाँ यसअघि तत्कालीन अध्यक्ष हरि गौतमको कार्यकालदेखि करिब तीन वर्ष प्रेस सल्लाहकारका रूपमा कार्यरत थिए। गौतमको कार्यकाल सकिएसँगै वर्तमान अध्यक्ष गिरिराज पोखरेल नेतृत्वको कार्यसमितिले पनि मिश्रलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएको हो।

पुनः प्रेस सल्लाहकारको जिम्मेवारी पाएपछि मिश्रले नेपाल व्यापार संघको संस्थागत हित, विकास तथा प्रवर्द्धनका लागि आफूले जानेबुझेका विषयमा आवश्यक सहयोग, सल्लाह तथा सुझाव आगामी दिनमा पनि निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मिश्रले सञ्चारमाध्यममार्फत संघका गतिविधि, व्यवसायीका समस्या तथा संस्थागत गतिविधिलाई प्रभावकारी रूपमा प्रवाह गर्न आफ्नो भूमिकालाई थप जिम्मेवार र प्रभावकारी बनाउने बताएका छन्।

spot_img

ताजा समाचार

विद्यालय शिक्षा विधेयकको मसौदा तयार गर्न सात सदस्यीय कार्यदल गठन

काठमाडौँ-  विद्यालय शिक्षा विधेयकको मसौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले सात सदस्यीय...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी शनिबार साँझ स्वदेश...

कांग्रेसको वडा अधिवेशन: ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत...

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...