नेक्सस कबड्डी कप २०८३ सम्पन्न

Published on

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सम्पन्न भएको छ। विद्यालयस्तरीय छात्र तथा छात्रा कबड्डी खेलाडीको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा छात्र र छात्रातर्फ पुरानो गुह्येश्वरी माध्यमिक विद्यालयले उपाधि जितेको छ। प्रतियोगिताको समापन समारोह विद्यालयका भाइस प्रिन्सिपल स्वीकृती राईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन बागमती प्रदेशका सहसचिव तथा कागेश्वरी मनोहरा नगरपालिकाका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख साथै फेकाका पूर्वअध्यक्ष श्रीराम दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

प्रतियोगितामा छात्रतर्फ पुरानो गुह्येश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ भने भीमेश्वर एकेडेमी दोस्रो भएको छ। छात्रातर्फ पनि पुरानो गुह्येश्वरी माध्यमिक विद्यालय प्रथम र जल्पा स्कुल दोस्रो भएका छन्। त्यस्तै, छात्रातर्फ नेक्सस इन्टरनेशनल स्कुल र हाइली क्रियेटिभ स्कुलले तृतीय स्थान हासिल गरेका छन्। छात्रातर्फ तृतीय स्थानमा नेक्सस इन्टरनेशनल स्कुल रहेको छ। विजेता टीमले छात्रा र छात्रातर्फ क्रमश प्रथम, द्वितीय र तृतीय नगद रु १० हजार, ५ हजार र ३ हजार साथै ट्रफि र मेडल प्राप्त गरेका छन् ।

प्रमुख अतिथि दाहालले आफ्नो विद्यालयबाट उत्कृष्ट प्रदर्शन गर्दै छनोट भएर प्रतियोगितामा सहभागी हुनु नै विद्यार्थीका लागि ठूलो अवसर भएको बताउनुभयो । प्रतियोगितामा हार वा जितभन्दा पनि विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्दै अनुभव हासिल गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सहभागी सबै खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिनुभयो । प्रमुख अतिथि दाहालले विद्यालयस्तरमा कबड्डी जस्तो खेलको विकास र विद्यार्थीको प्रतिभा पहिचान तथा प्रोत्साहनका लागि नेक्सस इन्टरनेशनल स्कुलले आयोजना गरेको प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अध्ययनसँगै खेलकुद गतिविधिलाई प्राथमिकता दिँदा विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र टोलीगत सहकार्यको भावना विकास हुने उल्लेख गर्दै प्रतियोगितालाई निरन्तरता दिन विद्यालयलाई शुभकामना दिनुभयो ।

समापन समारोहका सभापति तथा विद्यालयका भाइस प्रिन्सिपल स्वीकृती राईले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलाडी, प्रशिक्षक, विद्यालयका शिक्षक तथा कर्मचारी, निर्णायक, व्यवस्थापन टोली, अभिभावक र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीको खेल प्रतिभा विकासका लागि यस्ता गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो ।

विद्यालयस्तरमा कबड्डी खेलको विकास तथा विद्यार्थीमा खेल भावना, अनुशासन, शारीरिक क्षमता र टोलीगत सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विभिन्न विद्यालयका छात्र तथा छात्रा टोलीले सहभागिता जनाएका थिए।

कार्यक्रम सञ्चालन शिक्षक योगेन्द्र ओझाले गरेका थिए। प्रतियोगिताको व्यवस्थापन तथा खेलसम्बन्धी समन्वय विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विवश मुस्यानले गरेका थिए। आइतबार भएको समापनसँगै प्रतियोगितामा सहभागी सबै टोलीलाई सम्मान तथा विजेता टोलीलाई पुरस्कार प्रदान गरिएको थियो।

spot_img

ताजा समाचार

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...

उपहार खबरका सञ्चालक तथा सम्पादक रामदत्त मिश्र नेपाल व्यापार संघको प्रेस सल्लाहकारमा पुनः नियुक्त

काठमाडौं – उपहार मिडिया नेटवर्क प्रालि तथा उपहार खबर अनलाईन पत्रिकाका सञ्चालक तथा सम्पादक...