बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

Published on

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्डमा भएको अवरोध र यातायात सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका-४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे पहिरो जाँदा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ।

उक्त सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द रहने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरिएको प्रहरीले जनाएको छ। रसुवा जिल्लाका मुख्य राजमार्गसमेत बाढीका कारण अवरुद्ध भएका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

यसैगरी, पासाङल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङखोला र शीतलबजारमा गएको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो। अवरुद्ध सडकखण्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग तथा नेपाल प्रहरीका टोली परिचालन भइरहेका छन्। वर्षा तथा बाढीपहिरोको जोखिम कायमै रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा समाचार

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं – संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे...

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...