त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

Published on

काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरी स्रोतका अनुसार २५ वर्षीय चालक दावा लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको हो।

अस्पतालका अनुसार आगलागीबाट लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीबाट चालक गम्भीर घाइते भएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले चालक आफैँले बसमा आगो लगाएको निष्कर्ष निकालेको जनाइएको छ। घटना हुनुअघि चालकको ट्राफिक प्रहरीसँग जरिवानाको विषयलाई लिएर विवाद भएको बताइएको छ।

घटनाको थप अनुसन्धानका लागि छानबिन समिति गठन भइसकेको छ। समितिले घटनाको कारण, आगलागीको अवस्था तथा त्यसअघि भएका घटनाक्रमबारे अध्ययन गर्नेछ।

spot_img

ताजा समाचार

डेटा सेन्टरमा ह्याकरको आक्रमणपछि सेयर बजार बन्द गर्नुपर्ने अवस्थामा पुग्यो, नियामकले थाल्यो छानबिन

काठमाडौँ । डेटा सेन्टरमा भएको र्‍यान्समवेयर आक्रमणका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर...

बाल संरक्षणदेखि विपद्पछिको सहयोगसम्म, भ्वाइस अफ चिल्ड्रेन–डेनभर विश्वविद्यालय संवाद

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ...

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौं - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा...

बाढीपहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य...