देशका धेरै ठाउँमा रातभर वर्षा, पाल्पा र कपिलवस्तुमा बढी पानी, आजदेखि अझै ठूलो पानी पर्ने

Published on

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको तुलनामा पाल्पा र कपिलवस्तुमा बढी वर्षा भएको जनाइएको छ । लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएको छ । कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पालगायत आसपासका क्षेत्रका खोलानालामा जलसतह बढ्दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रबाहेक अन्य अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न क्षेत्रमा वर्षाको क्रम थप बढ्ने सम्भावना छ । केही स्थानमा मुसलधारे तथा आरीघोप्टे वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि मुसलधारे वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । आइतबारसम्म देशका धेरै स्थानमा ठूलो वर्षा हुनसक्ने भएकाले बाढी, डुबान र पहिरोजस्ता जोखिमप्रति आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

spot_img

ताजा समाचार

एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११...

सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय कार्यसम्पादनमा देशभर पहिलो

काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले...

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा...