कांग्रेसको ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न

Published on

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भएको छ। कांग्रेसको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशनको निर्वाचन प्रक्रियामा कठिनाइ उत्पन्न भएको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको छ। प्रतिकूल मौसमका कारण कतिपय स्थानमा तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न चुनौती देखिएको पार्टीले जनाएको छ।

निर्वाचन समितिले मौसमको अवस्थालाई समेत दृष्टिगत गर्दै असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम आवश्यकताअनुसार अनुकूल मिति तय गरी असोज १३ गतेभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। निर्वाचन समितिले सम्बन्धित निर्वाचन अधिकृतलाई स्थानीय अवस्था र मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर निर्वाचन प्रक्रिया व्यवस्थापन गर्न आग्रह गरेको हो।

कांग्रेसको महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरू क्रमशः सम्पन्न भइरहेका छन्। पार्टीले बाँकी अधिवेशनसमेत निर्धारित कार्यतालिकाअनुसार सम्पन्न गर्दै महाधिवेशनको तयारीलाई अघि बढाइरहेको जनाएको छ

spot_img

ताजा समाचार

एमालेद्वारा भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग

काठमाडौँ - नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गते भएका घटनाको...

देशका धेरै ठाउँमा रातभर वर्षा, पाल्पा र कपिलवस्तुमा बढी पानी, आजदेखि अझै ठूलो पानी पर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर वर्षा भएको छ । अन्य क्षेत्रको...

एमाले सचिवालय बैठक आज, स्थायी कमिटी र पोलिटब्युरो गठनबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्दै छ । ललितपुरमा जारी केन्द्रीय...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११...