आज बडादसैँको मुख्य दिन विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

Published on

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन आज विजयादशमी देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आज मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ। त्यस्तै, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा तोकिएको छ। समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ।

घटस्थापनाका दिन विधिपूर्वक राखिएको जमरा र दुर्गा भवानीको प्रसादस्वरूपको टीका घरका ज्येष्ठ सदस्य तथा मान्यजनबाट ग्रहण गरी आशीर्वाद लिने गरिन्छ। दसैँको अवसरमा टाढाटाढा रहेका परिवारका सदस्य, आफन्त तथा इष्टमित्र एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने परम्परा छ। यसले पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ ।

spot_img

ताजा समाचार

विजयादशमीको शुभकामना दिँदै प्रधानमन्त्रीको आह्वान: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौँ

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि...

एनपीएलका सबै खेलमा डीआरएस लागू हुने, खेलको समय पनि परिवर्तन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम...

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रयोग हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस)...

आज महानवमी पर्व, नवदुर्गाको पूजा आराधना गरिँदै

काठमाडौं - बडादसैँअन्तर्गत आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । यस अवसरमा...