काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।
लामिछानेको भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको उहाँको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने कात्तिक ९ गते स्वदेश फर्किने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

