भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

Published on

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल भोलि साँझ ५ बजे सुरु हुनेछ। यस संस्करणमा पहिलोपटक हक–आई प्रविधिमा आधारित डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिनेछ। प्रत्येक इनिङ्समा टोलीले दुईवटासम्म अम्पायरको निर्णय पुनरावलोकन गर्न पाउनेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा विदेशी चर्चित खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितालाई व्यवस्थित बनाउन मैदानमा थप दर्शकदीर्घा, छानासहितका सिट, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड र सञ्चारकर्मीका लागि मिडिया सेन्टरलगायत सुविधा थपिएका छन्।

प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमै हुनेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौँ गोर्खाज सहभागी लिगमा प्रत्येक टोलीले अन्य सात टोलीसँग खेल्नेछ। लिग चरणपछि अङ्कतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।

spot_img

ताजा समाचार

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...