एनपीएलमा लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

Published on

काठमाडौँ – साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका ओपनर डार्सी सर्टले १८ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। दुवैले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १७ रनमा अविजित रहे। लुम्बिनीका किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए। खेलमा पहिलो पटक प्रयोग गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) मा लुम्बिनीको टोली सफल हुन सकेन। मंगलबार एनपीएलमा दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे भिड्नेछन् भने दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

spot_img

ताजा समाचार

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते

गुल्मी - गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ...

एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने– नेपाली खेलकुदको ठूलो उत्सव

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलताको...

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित

ब्राजिल- ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका...

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...