विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

Published on

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले चार विकेट लिए भने एन्जेलो म्याथ्युजले दुई विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका इमरान शेखले ५६ रन बनाए भने लोकेश बमले ५० रनको योगदान दिए। आन्द्रे रसेल ५२ रनमा अविजित रहे। जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।

यो जितसँगै विराटनगर चार खेलबाट चार अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान चार खेलबाट चार अंक जोडेको जनकपुर नेट रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ।

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित र एकमा हार बेहोरेको छ। पोखराले भने यसअघिका दुवै खेलमा पराजय भोगेको छ। आठ टोली सहभागी तेस्रो संस्करणको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...