गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

Published on

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादवमाथि मंगलबार राति पाँच राउन्ड गोली प्रहार भएको हो ।

स्थानीयका अनुसार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक रहेका यादवमाथि अज्ञात व्यक्तिले अचानक गोली चलाएका थिए । गोली चलेपछि आसपासको क्षेत्रमा त्रास फैलिएको थियो । घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकबाट प्राप्त जानकारीअनुसार घाइतेको सिटी स्क्यान गर्दा पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको डीएसपी गौतमले बताए । उनको हात, पाखुरा र पिठ्युँलगायत शरीरका विभिन्न भागमा गोलीका घाउ रहेको पनि उनले जानकारी दिए ।

यादवको अवस्था गम्भीर भए पनि चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । गोली प्रहारमा संलग्न व्यक्ति को हुन् र आक्रमण गर्नुको कारण के हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।

प्रहरीले घटनास्थलको अनुसन्धानसँगै आक्रमणकारीको खोजी सुरु गरेको डीएसपी गौतमले बताए । गौरको बस्ती क्षेत्रमा रातिको समयमा भएको गोली प्रहारपछि स्थानीय बासिन्दामा सुरक्षा चिन्ता बढेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौँ - भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्...

मन्त्रिपरिषद्का छ निर्णय सार्वजनिक, सडक सुधारका लागि एडिबीको ३०५ मिलियन डलर सहायता स्वीकार

काठमाडौँ – सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका छवटा प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका...

विराटनगरसँग जनकपुर २ रनले पराजित, रोमाञ्चक खेलमा रसेलको अलराउन्ड प्रदर्शन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित...