फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

Published on

काठमाडौं १९ वैशाख । फिलिपिन्सको राजधानी मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा सोमवार बिहान आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

फायर प्रोटेक्सन ब्यूरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय समय अनुसार बिहान ५ बजे क्वेजोन सहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए।

ब्नबलष् न्चयगउ

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ। आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन्। करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्यूरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन। रासस ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...