मंत्र हस्पिटलमा पहिलो पटक कानको सफल सल्यक्रिया

Published on

महेन्द्रनगर ७ असोज । कञ्चनपुरको महेन्द्रनगर स्थित मंत्र हस्पिटलमा पहिलो पटक कानको सफल सल्यक्रिया भएको छ । हस्पिटलले गड्डाचौकीका ५७ वर्षिय लाल सिंह विष्टको पहिलो पटक कानको सफल सल्यक्रिया गरेको हो ।विगत ७ वर्षदेखि विष्टलाई कान कम सुनिने र दुवै कानबाट पिप बग्ने समस्या थियो । लामो समय कानको समस्याबाट ग्रसित रहेको उनको कानको भित्रि भाग प्वाल परेको अवस्थामा मंत्र हस्पिटलमा शुक्रवार बिहान सफल सल्लेक्रिया भएको हस्पिटलले जनाएको छ । विष्टको कानको सल्लेक्रिया सँगै हस्पिटलको पनि पहिलो नाक, कान, घाँटी रोग विषेशज्ञ तर्फ पहिलो सफल सल्यक्रिया (Myringoplasty)भएको जनाएको छ ।

सफल सल्लक्रिया पश्चात विष्टको शारिरीक अवस्था भने सामान्य नै रहेको हस्पिटलका प्रबन्धक डाक्टर गोविन्द रोकायाले बताए । यसैगरी हस्पिटलले नाक, कान, घाँटी रोग विषेशज्ञ तर्फ विभिन्न नयाँ सेवा समेत थपेको छ । नक भाच्चिएको, नाक बाङ्गो भएको, नाकबाट श्वास फेर्न गाह्रो हुने, मासु पलाएको, पिप बग्ने समस्या, कान कम सुन्ने, गलगाड भएको इत्यादी रोगको पनि हस्पिटलमा उपचार गर्ने गरिएको डाक्टर रोकायाले जानकारी दिए । यस्तै अस्पताल सँगको परामर्शमा धनगढि भन्दा महेन्द्रनगरमै सस्तो शुल्कमा सल्यक्रिया गर्न पाएको समेत विष्टले जानकारी दिएका छन् । विष्टको वेहोस गरेर सल्यक्रिया गरिएको थियो । नाक, कान, घाँटी रोग विषेशज्ञ डाक्टर रचित पोखरेल र एनेस्थीसिया विषेशज्ञ डाक्टर भावना भट्टले विष्टको सल्लक्रिया गरेका थिए ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...