गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक

Published on

काठमाडौँ – सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटको विषय लगभग सहमति नजिक पुगेको दाबी गरिएकाे छ ।

मंगलबार सिट बाँडफाँटका लागि गठित कार्यदल र शीर्ष नेताहरूबीचको बैठकले सिट संख्या र निर्वाचन क्षेत्र बाँडफाँटमा लगभग सहमति जुटाएकाे एक नेताले जानकारी दिए ।

उनका अनुसार मधेसका ३२ निर्वाचन क्षेत्रकाे भागवण्डा टुंगा लागेकाे छ । प्राप्त सूचना अनुसार मधेसमा जनता समाजवादी पार्टीले १३, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले २ सिट पाउने सहमति भएकाे छ ।

यहाँ गत निर्वाचनकाे मतभारलाई आधार मानेर सिट बाँड्ने सहमति भएकाे हाे । गठबन्धनकाे बैठक अहिले बिहान फेरि बस्दैछ । बिहान शीर्ष नेताहरूकाे बैठक बस्ने र आजै दिउँसाेसम्म सिट बाँडफाँटकाे अन्तिम टुंगाे लगाउने तयारी भइरहेकाे छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...