पाकिस्तानको बाढीमा परी एक हजार सात सयको मृत्यु

Published on

काठमाडौं । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ ।

यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले बिहीबार राति जनाएको छ । एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा छ सय ३२ बालबालिका र तीन सय ४० महिला रहेका छन् ।

देशको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्रका रुपमा रहेको छ । यहाँ सात सय ६३ व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा तीन सय ३६ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा र पूर्वी पञ्जाब प्रान्तमा क्रमशः तीन सय आठ र दुई सय २१ जनाको मृत्यु भएको थियो ।

साथै, वर्षाका कारण देशभर २० लाख ४८ हजार सात ८९ घर ध्वस्त भएका छन् भने एक लाख ६३ हजार दुई सय ३७ गाईवस्तु मर्ने अनुमान गरिएको छ । बाढी प्रभावित क्षेत्रमा एनडिएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...