स्वर्णविन्दु प्राशनमा अभिभावकको भरोसा बढ्दै, दोस्रो चरणमै ७४ बालबालिका थपिए

Published on

काठमाडौं । तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ । पहिलो चरणमा २१२ बालबालिकाले मात्र प्राशन पाएका थिए भने सोमबार सम्पन्न दोस्रो चरणमा ७४ नयाँ बालबालिका थपिँदै सहभागी सङ्ख्या २८६ पुगेको प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले जनाएको छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता, तौल–उचाइ वृद्धि र बौद्धिक विकासमा फाइदा हुने जनविश्वास बढ्नु नै सहभागिता उच्च हुनुको कारण भएको चिकित्सालयले बताएको छ । पहिलो चरणको प्रभावकारी परिणाम र अभिभावकबिच फैलिएको सकारात्मक धारणा दोस्रो चरणमा सहभागिता व्यापक हुन मद्दत गरेको प्रमुख डा. नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–३ का अभिभावक राजु भण्डारीले कार्यक्रमप्रति भरोसा बढ्दै गएको बताउनुभयो । “पहिलो चरणमा प्राशन खुवाएपछि बच्चामा बिरामी हुने अवस्था हटेको छ भण्डारीले भन्नुभयो, “फाइदा देखेपछि यसपटक पनि ल्याएँ । ” स्वर्णभस्म, घिउ र मह मिसाएर चिकित्सकको प्रत्यक्ष निगरानीमा तयार गरिने यो प्राशन एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । सरकारको कार्यविधिअनुसार १–२ वर्षका बालबालिकालाई दुई थोपा र २–५ वर्षका बालबालिकालाई चार थोपा दिने व्यवस्था छ । यो वर्ष २५ जिल्लामा सुरु गरिएको कार्यक्रम तनहुँमा प्रत्येक पुष्य नक्षत्रका दिन नियमित रूपमा सञ्चालन हुँदै आएको छ । अब तेस्रो चरण पुस २१ गते खुवाइने वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाइँले जानकारी दिनुभयो । दोस्रो चरणमा अभिभावकको चाप बढेपछि आगामी चरणका लागि व्यवस्थापन, स्वास्थ्यकर्मी परिचालन र सेवा प्रवाह सहज बनाउन थप तयारी थालिएको चापागाइँ बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...