घनश्याम भुसालद्वारा नेकपा एमाले पार्टी परित्याग

Published on

काठमाडौं – घनश्याम भुसालले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि रुष्ट रहेका नेता भुषालले एमालेमा नरहने घोषणा गरेका हुन् ।

उनले भनेका छन् “एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको हुँ”

उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’

भुसालले भनेका छन्, ‘नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो। त्यसपछि पार्टी संस्थागत रूपले गुटबन्दीको मैदान बन्दै गयो।’
साथै उनी स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा छन् । तर रुपन्देही १ मा माओवादीले उनको लागि ठाउँ छाडिदिएको बुझिएको छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...