राष्ट्रपतिद्धारा हात धुने दिवसको शुभकामना

Published on

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जाेड दिएका छन् ।
राष्ट्रपति भण्डारीले विश्‍व हात धुने दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै साबुनपानीले हात धुँदा श्‍वासप्रश्‍वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने कुरा उल्लेख गरेका छन् ।

उनले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन विज्ञप्तिमार्फत आह्वान समेत गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्‍व हात धुने दिवस ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ विश्‍वभर मनाइँदै छ ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...