केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित

Published on

काठमाडौं – केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब नौ लाख ४२ हजार बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको सिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ ।

एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकारहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।

संस्थाले केन्यामा मानवीय सहायताको  तीव्र खाँचोमा परेका व्यक्तिहरूको सङ्ख्या हाल ४३ लाखभन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या गत जुनको ४१ लाखको आसपासामा रहेको थियो । 

एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईबस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको  पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशुपक्षीको मृत्यु भएको बताएको छ ।

हर्न अफ अफ्रिकाका लाखौँ मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन् । रासस/ सिन्हवा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...