केन्यामा खडेरीका कारण नौ लाखभन्दा बढी बालबालिका कुपोषित

Published on

काठमाडौं – केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब नौ लाख ४२ हजार बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको सिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले शुक्रबार जनाएको छ ।

एनडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध–सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकारहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजारभन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ ।

संस्थाले केन्यामा मानवीय सहायताको  तीव्र खाँचोमा परेका व्यक्तिहरूको सङ्ख्या हाल ४३ लाखभन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या गत जुनको ४१ लाखको आसपासामा रहेको थियो । 

एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईबस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको  पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशुपक्षीको मृत्यु भएको बताएको छ ।

हर्न अफ अफ्रिकाका लाखौँ मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन् । रासस/ सिन्हवा

ताजा समाचार

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

दुबई, १५ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई...

भुकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाउँदै कांग्रेस नेता महर

जाजरकोट, १५ मंशिर । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला...

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ ।  युद्बबिराम...

युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

गाजा, १५ मंशिर । इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ । इजरायली...