यसकारण पनि जिताउनुपर्छ रमेश लेखकलाई

Published on

हेमन्ती भट्ट, काठमाडौं – पारि बनबसा हुदै दाेधाराचाँदनी पुग्नुपर्ने बाध्यता । बिरामी हुदा हाेस्, जन्तीविवाहका बखत हाेस्, भारतीय बाटो भएर महेन्द्रनगर पुुग्न झेल्नुपर्ने सकस, बाटोमा भारतीय प्रहरीको दादागिरीले आत्मसम्मानमा पुग्ने ठेस, यहाँका नागरिकका लागि कहालीलाग्दो पीडा थियो कुनै बेला । नदिबाटै पौडेर या ट्युबमा आउनखाेज्दा कयौं मानिसले ज्यान गुमाएको पीडा त झन् अहिले सम्झिदा मात्र पनि आङ सिरिङ्ग हुन्छ मान्छेहरुकाे ।
किसानहरु आफूले उत्पादन गरेको रासन खाद्यान्न बेचबिखन या तरकारी दलहन बेच्न पनि खटिमा बनबसाका भारतीय बजारमा अत्यन्तै थाेरै मूल्यमा चित्त बुझाउन बाध्य रहन्थे । महेन्द्रनगरमा कार्यालय हुने जागिरेहरु या त डेरागरि बस्नुपर्ने या त भारतीय बाटो भएर जानुपर्ने अवस्थाले कम पिराेलेकाे थिएन कुनैबेला दाेधाराचादनीलाई ।
जब झाेलुङ्गे पुल बन्यो, त्यसपछिका दिनमा सदरमुकाम आवागमनमा यहाँका जनताले ठूलो राहत पाएका छन् । यसको निर्माणले दाेधाराचादनीका जनताको सदरमुकाम महेन्द्रनगरसँग प्रत्यक्ष सम्बन्ध जाेडियाे । यहाँको उत्पादनले नेपाली बजारमा सम्मानजनक दररेट पाउन थाल्याे ।
विद्यार्थीहरु दशकक्षा पास गरेपछि उच्च शिक्षाका लागि महेन्द्रनगर पुग्नैपर्ने बाध्यता थियो । स्नातक क्याम्पस खुलेपछि यहाँका विद्यार्थीले घरआगनमै उच्च शिक्षा अध्ययन गर्न पाएका छन् ।
धेरै युवाहरु त दशकक्षा पछि रोजगारीको लागि भारत प्रवास जाने गर्दथे । अहिले पढेलेखेका सयौं युवाहरु नेपालमै सरकारी र निजी क्षेत्रमा राम्रो राेजगार पाएका तमाम उदाहरण भेटिनु सुखद पक्ष मान्नुपर्दछ ।
काेरिया लगायतका देशसँग सम्झौता गरेपछि कञ्चनपुर लगायत देशभरका लाखौं युवाहरुले आफ्नो मात्रै आर्थिक समृद्धि गरेका छैनन् बरु सिङ्गो राष्ट्रलाई आर्थिक सबलीकरणका लागि ठूलो याेगदान पुर्‍याइरहेकाछन ।

सुदूरपश्चिमका सबै जिल्लामा सामान्य बाटो पनि नभएका ठाउँमा ग्राभेल र ग्राभेल सडकहरुमा कालाेपत्रे बनेपछि जनता उत्साहित हुदै आएको सत्य हो । कञ्चनपुरको उत्तरी क्षेत्रमा खानेपानी समस्याको हाहाकार हुने गर्दथ्याे । निश्चित ठाउँहरुमा मात्रै इनार, कुवा र बाेरिङ भएको र त्यहीँबाट हजारौं परिवारले खानेपानीको गर्जाे टार्नुपर्ने बिजाेग थियो । धेरै ठाउँमा त पहाडका पधेराजस्तै सिङ्गो गाउँका मान्छे पानी भर्न घण्टौं पालाे कुरेर बस्नुपर्ने बाध्यता रहन्थ्याे । आधुनिक खानेपानी योजनाका कारण पछिल्लो दुई दशक यता क्रमशः समस्याग्रस्त सबै ठाउँमा खानेपानीको व्यवस्थापन भएपछि जनता कृतार्थ छन् । बह्मदेव, जिमुवा, मटेना, तिलकेनी, तिलाचौर, हल्दुखाल, घाडिघाँच, सुकासाल, गड्डाचौकी, बाराकुण्डा लगायतका ठाउँमा पछिल्लो दुई दशकमा क्रमशः खानेपानी योजना सुचारू छन् ।

सुदूरपश्चिमका सबै जिल्लामा विद्यालय भवनहरु, पक्की सडकसञ्जाल, एम्बुलेन्स सहयोगमा विशेष एवं सक्रिय पहलकदमी पनि भुल्न नसकिने उपलब्धि नै हुन् । विद्यार्थी आन्दोलनकाे जगमा स्थापित सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमै स्थापना गर्न राजनीति तवरबाट नेतृत्वदायी भूमिका निर्वहन गरेर नै तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पस रहेको क्षेत्रमै विश्वविद्यालय केन्द्रीय क्याम्पस र प्रशासनिक मुख्यालय स्थापना सार्थक बनेको सबैले सम्झेका छन् ।
महाकाली नदीमा चारलेन पुल, महाकाली करिडोर र सुख्खा बन्दरगाह त दाेधाराचादनी, कञ्चनपुर जिल्ला र सुदूरपश्चिमका लागि मात्रै नभएर सिङ्गो देशको आर्थिक समुन्नतिका लागि एक ठूलो परिकल्पना साबित भएको छ । चारलेन पुल निर्माण सम्पन्न भै महाकाली करिडाेरकाे प्रारम्भिक कामपनि सन्तोषजनक देखिनुले अब बन्दरगाह निर्माणकार्य सिघ्र सुरुवात गराउन पनि विगतका पहलकदमीकाे उचित मूल्यांकन गर्नु उपयुुक्त नै हुनेछ ।
अहिलेकाे चुनावमा प्रतिबद्धता जनाइरहेकाे विषय सम्बन्धमा रमेश लेखकले अघि सारेका मुद्दामा रमेश लेखकले अघि सारेका मुद्दामा,
नेपाल भारत चीन जाेड्ने त्रिदेशीय नाका निर्माणलाई मूर्तरुप दिनसके देशले नै ठूलो व्यापारिक, औद्योगिक र राेजगारीकाे ढाेेका खाेल्ने आधार तय गराउँछ । यसलाई सिङ्गो देशको आर्थिक समृद्धिकाे ठूलो जग मान्नसकिन्छ ।
मझगाउ विमानस्थल सिघ्र पुनर्निर्माण गरि सञ्चालनमा ल्याउनपनि अत्यन्तै जरुरी छ । महाकाली तटीय क्षेत्र, जाेगबुडा नदीमा कुतियाकबरसम्म बलियो पक्की तटबन्ध निर्माण गर्नुपर्छ । शुक्लाफाटा आरक्ष, सिद्धनाथ, बैजनाथ, कलपठे, भमकेनीधाम, लगायतका पर्यटकीय एवं धार्मिक आस्थाका केन्द्रहरुलाई संरक्षण संवर्धन र प्रचारप्रसारमा ल्याई पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्नुपर्नेमा जाेड दिनुपर्छ ।
कञ्चनपुरको पुरानो महाकाली प्रादेशिक अस्पतालकाे स्तराेन्नति गरि हरेक राेगकाे विशेषज्ञसेवासहितकाे उपचार सहज बनाउन विशेष पहल गर्नु जरुरी देखिन्छ । यस अस्पताललाई नमूना एवं नागरिकको विश्वासिलो उपचार केन्द्र सँगसँगै दाेधाराचादनीकाे स्वास्थ्यचौकीमा पनि विशेषज्ञ सुविधा र सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने दायित्वबाेध हुनुखल्लामुसेट्टिकाे प्राचीन दरबारको भग्नावशेषलाई पुरानै मौलिक शैली अध्ययन गरि पुनर्निर्माण गरिनुपर्छ । जिल्लामै युवा स्वराेजगारका नयानया योजना ल्याउनसक्नुपर्छ । सभ्य र सुसंसकृत समाज निर्माणका लागि समयोपयाेगी प्राविधिक शिक्षा सँगसँगै नयाँ पुस्तालाई हाम्रो धर्म, संस्कृति, पुरातत्त्व, इतिहासप्रति गौरवान्वित बनाउने किसिमका पाठ्यक्रम तयारगरि लागू गराउनतर्फ विशेष ध्यान दिनुपर्छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...