सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

Published on

काठमाडौं । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उहाँले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकता जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निर्माणका लागि हामी लाग्नेछौँ । उहाँले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिनुभएको छ । उहाँले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताउनुभएको छ ।

उहाँले ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका ऊर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरू यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उहाँले बताउनुभएको हो । युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रूपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...