सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

Published on

काठमाडौं । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ । ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उहाँले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकता जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ– आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निर्माणका लागि हामी लाग्नेछौँ । उहाँले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिनुभएको छ । उहाँले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताउनुभएको छ ।

उहाँले ऊर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरूलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका ऊर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरू यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उहाँले बताउनुभएको हो । युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रूपमा हमला गरिरहेको छ । हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ । रासस/सिन्ह्वा

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...