प्रधान सेनापति महारथी शर्माद्वारा प्रकृति संरक्षण पदक सुशोभन

Published on

काठमाडौं । विभिन्न राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्षहरूको सुरक्षा जिम्मेवारीमा खटिएका रथीवृन्द, अधिकृत, पदिकलगायत सकलदर्जालाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्‍डामा आयोजित विशेष समारोहमा प्रकृति संरक्षण पदकद्वारा सुशोभन गरेका छन्। 

प्रकृति संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप २०७५ साल जेठ १३ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम संरक्षित क्षेत्रमा रही १ वर्ष योगदान दिएका सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिँदै आएको छ।

हालसम्म १६ हजार १ सय ३६ जना सकलदर्जाले उक्त पदक प्राप्त गरिसकेका  छन् । यस वर्ष पनि मिति २०७९ असोज ३ गते संविधान दिवसको अवसरमा २ हजार ८ सय ८७ जना सकल दर्जालाई पदक प्रदान गर्ने घोषणा भएको थियो। जसअनुसार आज प्रधान सेनापति महारथी शर्माले जंगी अड्डामा कार्यरत रथीबृन्द १, अधिकृत १२, पदिक २ तथा अन्य दर्जा २ गरी १७ जनालाई प्रकृति संरक्षण पदकद्वारा सुशोभन गरेका हुन्। प्रतिकूल मौसम, विकट भूगोल र चोरी शिकारी जस्ता चुनौतीमाझ प्रकृति संरक्षण कार्यमा तैनाथ रहँदा हालसम्म १ सय १६ जनाले सहादत प्राप्त गरिसकेका छन्। 

आज आयोजित सुशोभन कार्यक्रममा बलाधिकृत रथी श्री सरोज प्रताप राणा, बलाध्यक्ष रथी श्री सीताराम खड्कालगायत रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो।

ताजा समाचार

अमेरिकी राष्ट्रपति बाइडेन राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी...

प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)...

यस्तो छ आजको मौसम

काठमाडौं, १३ मंसिर । देशका केही स्थानमा बुधबार आंशिक बदली रहँदा केही स्थानमा हिमपातको...

कैलाली पुगे एमाले अध्यक्ष ओली

धनगढी, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुद्ध एयरको जहाजमार्फत कैलाली...