शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु

Published on

काठमाडौं । मिसिसिपीको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको निधन भएको सीएनएनले उल्लेख गरेको छ ।

घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन् । सो घटना अर्काबुतला समुदायमा भएको थियो । टेट काउन्टी शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो ।

त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको  र उनका श्रीमान्  पनि घाइते भएको पाइएको छ । अर्काबुतला बाँध रोडमा एक सवारी साधनभित्र सन्दिग्ध व्यक्ति देखिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गर्नु भएको छ । साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानुनमा सुधारको आवश्यकता समेत औँल्याउनु भएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ । रासस / एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...