सेनाको सफा हिमाल अभियान टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण

Published on

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन‌मा उल्लेख भए बमोजिम प्रकृति र पर्यावरण संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निमित्त विश्वका अग्ला हिमालहरुको स्वच्छता कायम राख्न तथा जलवायु परिवर्तन‌का असरहरु न्यूनीकरणको लागि नेपाली सेनाको अगुवाईमा सफा हिमाल अभियान सुरु गरिएको हो । सेनाले सफा हिमाल अभियान–२०२३ अन्तर्गत वैशाख ४ गते सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालको सफाईको साथै सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको सफल आरोहण गरेको हो ।

आरोहण टोलीको नेतृत्व सह सेनानी भिमबहादुर भुजेलले गर्नुभएको थियो । टोलीमा वेश क्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवा, सह सेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ्ग‌ जाङ्गबो शेर्पा र पाँच जना शेर्पा सहयोगी हुनुहुन्थ्यो । सेनाले केही वर्षदेखि सफा हिमाल अभियान अन्तर्गत हिमाल सफाइ गर्दै आएको छ ।

ताजा समाचार

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा ‘हिमालको पुकार’ वृत्तचित्र प्रदर्शन

काठमाडौँ – संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८) मा...

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...