सेनाको सफा हिमाल अभियान टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण

Published on

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन‌मा उल्लेख भए बमोजिम प्रकृति र पर्यावरण संरक्षण कार्यलाई प्रभावकारी कार्यान्वयनको निमित्त विश्वका अग्ला हिमालहरुको स्वच्छता कायम राख्न तथा जलवायु परिवर्तन‌का असरहरु न्यूनीकरणको लागि नेपाली सेनाको अगुवाईमा सफा हिमाल अभियान सुरु गरिएको हो । सेनाले सफा हिमाल अभियान–२०२३ अन्तर्गत वैशाख ४ गते सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालको सफाईको साथै सगरमाथा, ल्होत्से र अन्नपूर्ण हिमालको सफल आरोहण गरेको हो ।

आरोहण टोलीको नेतृत्व सह सेनानी भिमबहादुर भुजेलले गर्नुभएको थियो । टोलीमा वेश क्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवा, सह सेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ्ग‌ जाङ्गबो शेर्पा र पाँच जना शेर्पा सहयोगी हुनुहुन्थ्यो । सेनाले केही वर्षदेखि सफा हिमाल अभियान अन्तर्गत हिमाल सफाइ गर्दै आएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...