महाकाली कोरिडोर (ब्रह्मदेव-झुलाघाट-दार्चुला-टिंकर) सडक योजना

Published on

पृष्ठभूमि:-

यस योजनाको नाम महाकाली कोरिडोर (ब्रह्मदेव-झुलाघाट-दार्चुला-टिंकर) सडक योजना हो । यस योजना आ.व.२०६५/६६ देखी संचानलमा रहेको छ । नेपाल सरकारले पुर्वाधारको विकासलाइ जोड दिदै उत्तर दक्षिण महाकाली कोरिडोरको रुपमा प्रस्तुत महाकाली लोकमार्गले दक्षिणमा कञ्चनपुर जिल्लाको ब्रम्हदेव देखी नेपाल-चीन सिमानाको टिंकर सम्म सडक जोडी यातायात तथा व्यापार परिवहनमा Trade Corridor तथा नेपाल-भारत Trade Transit को रुपमा प्रस्तावित उक्त लोकमार्ग सुदुर पश्चिमको समग्र विकासको कोषे ढुङ्गाको रुपमा भने योजना अवधि आ.व.२०८१/८२ सम्म रहेको छ ।

योजनाको मुख्य उद्देश्यः-

दक्षिणमा कन्चनपुर जिल्लाको ब्रहमदेवदेखी महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुलाको जिल्लाको टिंकर नाका सम्म  यातायातको सहज पहुँच विस्तार गरीसुदुर पश्चिम प्रदेश तथा  समग्र राष्ट्रको बिकासमा कोसे ढुङ्गा सावित हुने यस योजना कार्यालयको लक्ष्य रहेको छ । यस योजनाको मुख्य उद्देश्य कन्चनपुर जिल्लाको ब्रहमदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी  जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलंगा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुदै तिंकर नाका सम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने हो ।

सुदुरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर,डडेल्धुरा,बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चिनको ताक्लाकोट को सिमामा रहेको पिल्लर नं.१ सम्म  निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिव १ करोड जनता प्रत्यक्ष लाभान्वित हुने ।साथै त्रिदेशिय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागी छोटो बाटोको रुपमा प्रयोग हुने यस  योजनाको प्रमुख विशेषता हो ।योजनाको प्रतिफलको रुपमा सुदरपश्चिमका चार जिल्लाहरुको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने रहेको छ ।

योजनाको कार्यक्षेत्रः-

यस योजना कार्यालयको कार्यक्षेत्र सुदुर पश्चिम प्रदेशका कञ्चनपुर,डडेल्धरा,बैतडी र दार्चुला गरी ४ जिल्लामा रहेको छ । सडकको कूल लम्बाइ ४१३ कि.मी रहेको तथा जिल्लागत कार्यक्षेत्र तपसिल बमोजिम रहेको छ ।

सि.नं.जिल्लास्थानसडकको लम्बाइट्रयाक खुलिसकेकोट्रयाक खुल्न बाँकीकालोपत्रेग्राभेलट्रयाक खुलेको स्थान
कन्चनपुरब्रहमदेव-त्रिशुलीधार११ कि.मी.७ कि.मी.४ कि.मी.नभएकोनभएकोब्रहमदेव-मछेट्ठी
डडेल्धुरात्रिशुलीधार-सुर्नया५८ कि.मी.२७ कि.मी.३१ कि.मी.नभएकोनभएकोत्रिशुलीधार-सिमल्टा
बैतडीसुर्नया-धनथला१४४ कि.मी.९२ कि.मी.४८ कि.मीनभएकोनभएको  पंचेश्वर-रोडीदेवल,बट्ठा-धनथला  
दार्चुलाधनथला-खंलगा-तिंकर२०० कि.मी.९६ कि.मी.९०.५ कि.मी.नभएकोनभएकोधनथला-खलंगा-तुषारपानी
  जम्मा४१३ कि.मी.२३९.५ कि.मी.१७३.५ कि.मी.   

हालसम्म यस योजना कार्यालय अन्तर्गत २२९ कि.मी. र नेपाली सेनाबाट १०.५ कि.मी.सडक खण्डको Track Open भइसकेको ।

योजनाका प्रमुख बिशेषताहरु (Sailent Features of the Project):-

  • सडकको जम्मा लम्वाइ :-४१३ किलोमिटर
  • हालसम्म ट्रयाक खोलिएको लम्बाइ:-२३९.५ किलोमिटर
  • ट्रयाक खोल्न बाँकी लम्बाइ:- १७३.५ किलोमिटर (नेपाली सेना अन्तरगतको समेत गरी)
  • योजनाको जम्मा लागत :- १८ अरब    १६    करोड
  • चालु आ ब को बिनियोजन : ४५.१४ करोड (नेपाली सेना अन्तरगतको समेत गरी)
  • लाभान्वित घरधुरी : १७९००६
  • लाभान्वित जनसङ्ख्या : ९७७५१४
  • प्रति कि मी लागत :४ करोड २७ लाख

योजनामा समावेशभएका मुख्य मुख्य निर्माण कार्यहरुको विवरणः-

१. सडकको ट्रयाक खोल्ने कार्य : ४१३ किलोमिटर

ब्रम्हदेव(कञ्चनपुर)  देखि टिंकर(दार्चुला)  सम्म ।

ब्रम्हदेव(कञ्चनपुर)  देखि खलङ्गा (दार्चुला)  सम्म: २९१ किलोमिटर ।

खलङ्गा (दार्चुला)देखि टिंकर (दार्चुला)  सम्म: १२२ किलोमिटर ।

दार्चुला जिल्लाको खलङ्गा देखि टिंकर नाका  सम्म कुल १२२ किलोमिटर सडक रहेकोमा खलङ्गा देखि तुसारपानी(चेनेज ३३४+०००) सम्म यस योजनाबाट सडक निर्माणको कार्य भइरहरेको तथा तुसारपानी(चेनेज ३३४+०००)  देखि टिंकर नाका  सम्म  ७९ किलोमिटर सडक श्री नेपाल सरकार मन्त्री परिषद्को मिति २०७७/०१/१४ को निर्णय बमोजिम श्री नेपाली सेनाबाट निर्माण गर्नेगरी हस्तान्तरण भएको ।

२.ढुङ्गा माटो को काम: १०७००२०७   घनमिटर

३. टेवा पर्खाल निर्माण:  ११२१९३७    घनमिटर

४. सडक कालोपत्रे: ४२५ किलो मिटर

५. पुल निर्माण: ४७ गोटा

चालु आ.व.०८०/८१ मा तपसिल बमोजिमको जिल्लामा थप नयाँ पुलहरुको ठेक्का व्यवस्थापन प्रक्रिया  अगाडी बढाइने लक्ष्य रहेको छ ।

  सि.नं.  पुलको नाम  पुलले जोडने स्थान  पुलको अन्दाजी लम्बाइ(मी.)  कैफियत
१.कालागाड पुलदुहुँ गा.पा.-५,दार्चुलादुहुँ गा.पा.-२,दार्चुला२५ 
२.कुरकुरेखोला पुलदुहुँ गा.पा.-२, दार्चुलादुहुँ गा.पा.-१, दार्चुला२० 
३.कसानीखोला पुलदशरथचन्द न.पा.-६,बैतडीदशरथचन्द न.पा.-६,बैतडी२५ 
४.निलगाड पुलदशरथचन्द न.पा.-८, बैतडीदशरथचन्द न.पा.-११,बैतडी२० 
५.ठुलीगाडा पुलपरशुराम न.पा.-७,डडेल्धुरापरशुराम न.पा.-७,डडेल्धुरा६० 
६.घट्टेखोला पुलपरशुराम न.पा.-६,डडेल्धुरापरशुराम न.पा.-६,डडेल्धुरा६० 

साथै यस योजना कार्यालयबाट चालु आ.व.०८०/८१ मा २० किलोमिटर नयां Track Open गर्ने र १० किलोमिटर सडक Gravel Standard मा स्तरोन्नती गर्ने लक्ष्य रहेको छ ।

योजनाका समस्या तथा चुनौतीहरुः-

यस योजना संचालनमा रहेका समस्या तथा चुनौतीहरु तपसिल बमोजिम रहेका छन् ।

  • भौगोलिक हिसाबले दुर्गम तथा कडा चट्टानी भू-भाग बढी रहेकाले बिष्फोटक पदार्थ प्रयोग गरी  सडक निर्माण गर्नुपर्ने तथा बिष्फोटक पदार्थको उपलब्धता सहज नहुनु ।
  • सडक निर्माण गर्दा सडक क्षेत्रमा पर्ने रुखहरुको ब्यबस्थपनमा लाग्ने लामो कानुनी  प्रक्रिया  ।
  • दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा समस्या हुनु ।

समस्या समाधानका उपायहरुः-

  • बिष्फोटक पदार्थ सहजरुपमा उपलब्ध हुनु पर्ने ।
  • सडक निर्माण गर्दा सडक क्षेत्रमा पर्ने रुखहरुको ब्यबस्थपनमा सरल कानुनी  प्रक्रिया हुनुपर्ने ।
  • दरबन्दी अनुसारको कर्मचारी उपलब्ध हुनुपर्ने ।

नेपाल सरकार

भौतिक पुर्वाधार तथा यातायात मन्त्रनलय

सडक बिभाग

संघीय सडक सुपिरवेक्षण तथा अनुगमन कार्यालय

महाकाली कोरिडोर सडक योजना

(ब्रह्मदेव-झुलाघाट-दार्चुला-तिंकर)

दार्चुला

PIC: Ashis Bahadur Singh

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...