इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दै

Published on

काठमाडौं । प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैङ्क सहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ । सोमबार साँझ प्यालेस्टाइनका बन्दुकधारीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार बन्दुकधारीले हेबोनको वेस्ट बैङ्क सहरको दक्षिणमा रहेको बेइट हागाईको यहुदी बस्ती बाहिर कारमा रहेका दम्पतीलाई गोली हान्दा महिलाको मृत्यु भएको र पुरुष भने गम्भीर घाइते भएका छन् ।

एक ६ वर्षीय बालिका पनि कारमा रहेको तर उनलाई कुनै चोटपटक नलागेको बताइएको छ । सेनाले गोली हानी हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको र सो क्षेत्रका सीमा बन्द गरिएको जनाएको छ । यो घटना वेस्ट बैङ्कमा इजरायली र प्यालेस्टाइन नागरिकबीच बढिरहेको तनावका कारण भएको हो । गत शनिबार प्यालेस्टाइनको सहर हवारा नजिक एक कार वासमा इजराइली नागरिक बुबा र छोराको गोली हानेर हत्या भएको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय द्वन्द्व भड्किरहेको छ । सो घटनापछि प्यालेस्टाइन र इजरायलको वेस्ट बैङ्क सिमानामा आन्दोलन भइरहेको छ । जसमा १२ जना प्यालेस्टाइनी सैनिक घाइते भएका छन् । जनवरीदेखि अहिलेसम्म प्यालेस्टाइनी नागरिकद्वारा भएको आक्रमणमा परी ३३ इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, सोही अवधिमा दुई सय बढी प्यालेस्टाइनी नागरिक इजरायलीद्वारा मारिएका छन् ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...