इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढ्दै

Published on

काठमाडौं । प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैङ्क सहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ । सोमबार साँझ प्यालेस्टाइनका बन्दुकधारीले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएको इजरायली सेनाले जनाएको छ । सेनाका अनुसार बन्दुकधारीले हेबोनको वेस्ट बैङ्क सहरको दक्षिणमा रहेको बेइट हागाईको यहुदी बस्ती बाहिर कारमा रहेका दम्पतीलाई गोली हान्दा महिलाको मृत्यु भएको र पुरुष भने गम्भीर घाइते भएका छन् ।

एक ६ वर्षीय बालिका पनि कारमा रहेको तर उनलाई कुनै चोटपटक नलागेको बताइएको छ । सेनाले गोली हानी हत्या गर्ने व्यक्तिको खोजी गरिरहेको र सो क्षेत्रका सीमा बन्द गरिएको जनाएको छ । यो घटना वेस्ट बैङ्कमा इजरायली र प्यालेस्टाइन नागरिकबीच बढिरहेको तनावका कारण भएको हो । गत शनिबार प्यालेस्टाइनको सहर हवारा नजिक एक कार वासमा इजराइली नागरिक बुबा र छोराको गोली हानेर हत्या भएको थियो । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय द्वन्द्व भड्किरहेको छ । सो घटनापछि प्यालेस्टाइन र इजरायलको वेस्ट बैङ्क सिमानामा आन्दोलन भइरहेको छ । जसमा १२ जना प्यालेस्टाइनी सैनिक घाइते भएका छन् । जनवरीदेखि अहिलेसम्म प्यालेस्टाइनी नागरिकद्वारा भएको आक्रमणमा परी ३३ इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, सोही अवधिमा दुई सय बढी प्यालेस्टाइनी नागरिक इजरायलीद्वारा मारिएका छन् ।

ताजा समाचार

आजको मौसम: कतै हिमपात त कतै वर्षा हुने

काठमाडौं, २१ मंशिर । हाल नेपालमा पश्चिमी वायुको साथै बंगालको खाडीको मध्य पश्चिम क्षेत्र...

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

काठमाडौं, २१ मंसिर। प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको नेसनल...

संसारकै पहिलो मानब हत्या ४.३ लाख वर्ष अघि भएकाे पुष्टीः अनुसन्धान

म्याड्रिड, २० मंशिर । मानिस कसरी, कहिले र कहाँ उत्पत्ति भयो भन्ने बारे रोचक...

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

मुम्बइ, २० मंशिर । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो...