सन् २०२३ मा दुई लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

Published on

काठमाडौं । श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् । सन् २०२२ मा करिब तीन लाख ११ हजार श्रीलङ्काली वैदेशिक रोजगारीका लागि प्रस्थान गरेको र यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताउनुभयो ।

यसैबीच विदेशमा रहेका श्रीलङ्कालीले सन् २०२३ को पहिलो छ महिनामा दुई अर्ब ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएका छन् । कामदारहरूको विप्रेषण श्रीलङ्काको विदेशी मुद्रा आयको एक प्रमुख स्तम्भ भएको छ । यसले बढ्दो व्यापार घाटाविरुद्ध पर्याप्त योगदान प्रदान गर्दछ र देशको बाह्य क्षेत्रको लचिलोपनलाई बढावा दिन्छ ।

श्रीलङ्काको केन्द्रीय बैङ्कले ब्याजदर बढाउनु र अत्यावश्यक वस्तुहरूको आयात कटौतीपछि औषधि, खाद्यान्न र ग्यासजस्ता वस्तुहरूको कमीले जीवन कष्टकर भएपछि श्रीलङ्काली नागरिक आन्दोलित भएका थिए । आन्दोलनका भरमा श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्षले राजीनामा दिनु परेको थियो भने लामो राजनीतिक अनुभव सम्हालेका वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेको नेतृत्वमा स्थितिलाई सम्हाल्ने काम भएको छ । सुधारका सङ्केत देखिएका छन् । मुद्रास्फीति घटेको छ र आर्थिक गतिविधि सामान्य देखिन थालेका छन् । यद्यपि, आर्थिक सङ्कटले पारेको घाउहरू निको हुन निकै समय लाग्ने देखिएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...