सुन र चाँदीको गहना चोरी

Published on

काठमाडौं । झापामा प्रहरी निर्वाचन केन्द्रित अभियानमा जुट्न थालेपछि चोरीका घटना बढ्न थालेको छ । बिहीरबार राति झापाको बिर्तामोड र अर्जुनधारामा लाखौं रुपियाँ बराबरको धनमाल चोरी भएको छ । बिर्तामोड नगरपालिका –१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको दुई तले घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र राखिएको नगद तथा गरगहना चोरी गरेको जानकारी पाएर प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरीमा विभिन्न सुनका गरगहना ६ तोला, चाँदीका गरगहना १२ तोला र नगद २० हजार रुपियाँ गरी अन्दाजी १९ लाख रुपियाँ बराबरको धनमाल चोरी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

त्यसैगरी अर्जुनधारा नगरपालिका –९ कालिस्थान सिरानमा पनि चोरीको अर्को घटना भएको जनाइएको छ । स्थानीय नारद पोख्रेलको घरमा पनि चोरी भएको छ । प्रहरीले घटनाको बिषयमा बुझ्ने र आवश्यक जानकारी लिने काम गरिरहेको खड्काले बताउनुभएको छ । दुई जना अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी दराज खोली सुनका गरगहना २ तोला, चाँदीका गरगहना ३ तोला, नगद ५५ हजार रुपियाँ र भीभो कम्पनीको एक थान मोबाइल फोन चोरी गरी लगेको पाखरेलले जनाउनुभयो । करिब ८ लाख रुपियाँ बराबर चोरी भएको पोखरेलले जनाउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...