बार्सिलोना पुनः शीर्षस्थानमा

Published on

काठमाडौं । बार्सिलोना पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली रियल ओभिएडोलाई ३–० गोलले हराउँदै बार्सिलोनाले शीर्षस्थान कब्जा गरेको हो । सबै गोल दोस्रो हाफमा सम्भब भएको एकपक्षीय खेलमा बार्सिलोनालाई जिताउन ड्यानी ओल्मो, राफिन्हा र लामिन यामलले गोल गर्नुभयो ।

जितसँगै बार्सिलोनाले २१ खेलबाट ५२ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलको समान खेलबाट ५१ अङ्क छ । पराजित ओभिएडो १३ अङ्कसहित अन्तिममा छ । आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको मड्रिडले रियाल मार्लोकालाई ३–०, डिपोर्टिभो अलाभेसले रियाल बेटिसलाई २–१ र रियाल सोसिडाडले सेल्टा भिगोलाई ३–१ गोलले हराएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...