हिल्सा नाकामा व्यापार सहज नभएको स्थानियको गुनासो

Published on

काठमाडौं । नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसायका लागि बस्दै आएका नेपाली व्यापारीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन् । चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लैजान नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउने दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन् । हिल्साका व्यापारी कर्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय सहज होला भन्ने आशामा रहेका हिल्साका व्यापारी निराश भएको बताउनुभयो । उहाँले चीनको ताक्लाकोटबाट व्यक्ति तथा व्यापारीले सीमित सामान मात्र ल्याउन पाउने चिनियाँ नियमका कारण व्यापारी मर्कामा पर्दै आएको गुनासो गर्नुभयो । उहाँले ताक्लाकोटबाट दुई बोरा मात्र सामान ल्याउन दिने भएपछि व्यापार गरेर हिल्सामा बस्दै आएका व्यापारी बढी मर्कामा परेको बताउनुभयो । त्यो पनि ठुला बोरा भए एउटा मात्र नेपाल ल्याउन दिने गरिएको छ । उहाँले नाका सञ्चालनमा आउँदा हौसिएका व्यापारी चिनियाँ नियमले व्यापारका लागि आवश्यक सामान ल्याउन नपाउँदा हिल्सा छोड्ने मनस्थितिमा रहेको बताउनुभयो ।

यसले गर्दा घरायसी रूपमा प्रयोग गर्न सकिने दैनिक उपभोग्य सामान, लत्ताकपडा मात्र ल्याउन सकिने अवस्था रहेको छ । त्यसै गरी विकास निर्माण सामग्रीसमेत आउने गरेको छैन । चीनबाट आउने सामान मात्र नभएर नेपालबाट चीनतर्फ नेपाली सामानसमेत लैजान नदिएको अर्का व्यापारी फुन्जोक लामाले दुखेसो सुनाउनुभयो । उहाँले नेपालबाट फलफूल, चिनो तथा मार्सीको चामल, फुरु, जडीबुटीलगायतका सामान लान सकिने भए पनि त्यो लान नपाइने नियम चीनले लगाएको बताउनुभयो । हिल्सा नाकाबाट व्यापार व्यवसाय गर्ने हुम्लावासी धेरै भएका कारण उहाँहरूलाई सहज रूपमा सामान ल्याउने वातावरण तयारीका लागि सहजीकरण गर्नसमेत व्यापारीको माग रहेको छ । हिल्साका व्यापारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको आसन्न भ्रमणका बेलासमेत यो विषयलाई उठान गर्न माग गरेका छन् । हिल्सा नाकाबाट मात्र बर्सेनि ५० करोडभन्दा बढी कारोबार विगतमा हुने गर्दै आएको थियो । हिल्सा नाका गत वैशाख १८ गतेबाट दुईतर्फी रूपमा चीनले खुलाएको थियो ।

spot_img

ताजा समाचार

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...

शेयर बिक्रीमा लाग्ने अग्रिम कर घट्यो

सरकारले धितोपत्र बजारमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम...

राष्ट्रपति पौडेलद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक,...