नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न आवश्यक :अर्थमन्त्री महत

Published on

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले हामी सबै मिलेर नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।

‘‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजार व्यवस्थापन गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता यहाँको विशिष्ट पहिचान हो ।’’

‘‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’’
‘‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’’

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...