जहाँ कुमार केटाले मात्रै पूजा गर्छन्

Published on

काठमाडौं । धार्मिक विविधताको मुलुक नेपालमा मन्दिर पनि विभिन्न देवदेवीका छन्। पूजा गर्ने विधि विधानमा पनि विविधता छन्। कुनै मन्दिरमा पुरुष पुजारी, कुनैमा महिला। कुनै मन्दिरमा ब्राह्मण, क्षेत्री पुजारी, कुनैमा गुरुङ, मगर वा पुजारीमा पनि जातीय विविधता। कुनै मन्दिरमा पाका, कुनैमा युवा पुजारी। कुनैमा विवाहित पुजारी, कुनैमा अविवाहित कुमार, कुमारी पुजारी।

यस्तै विविधतायुक्त मन्दिरमध्ये गोरखामा एउटा यस्तो मन्दिर छ, जहाँ अविवाहित पुरुष मात्र पुजारी बन्न पाउँछन्। पालुङटार नगरपालिका ८ र ९ को साँधमा रहेको सिद्धबाबाको थान मन्दिरमा कुमार केटाले मात्र पूजा गर्न पाउने व्यवस्था छ। यहाँ गोरखा नगरपालिका १३ र १४, पालुङटार नगरपालिका ८ र ९ का भक्तजनहरू पूजा गर्न जान्छन्। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा जंगलको माझमा अवस्थित सिद्धको थानमा हरेक महिनाको पहिलो र अन्तिम मंगलबार मात्र पूजा हुने गर्छ। ‘सिद्ध थानमा कन्ने केटा अविवाहित पुरुष, त्यसमा पनि गुरुङ, मगरले मात्र पूजा गर्ने चलन छ’, पालुङटार ९ सिस्नेरीका डम्बर राना मगरले भने, ‘दिनभर पानी पनि नखाई भोकै बसेर पूजा गर्नुपर्छ। पूजाका दिन गाउँमा बाराना खेतबारीको काम बार्ने गरिन्छ।’

पूजा सकेपछि गाउँका सबै घर–घरमा रोट प्रसाद बाँड्ने चलन रहेको उनले बताए। पुजारीहरू प्रायः स्कुले बालबालिका हुने हुँदा पुजारी हुने बालकले महिनाको पहिलो र अन्तिम मंगलबार विद्यालयबाट बिदा लिने गर्छन्। ‘हाम्रो गाउँ गुरुङ, मगरको बसोबास धेरै भएको गाउँ हो। पुजारी खलक भन्ने कोही हुँदैन, त्यसैले एक जनाले मात्र पूजा गर्ने भन्ने पनि हुँदैन। सधैं एउटैको पढाइ बिग्रिन्छ भनेर आलोपालो गरी पुजारी बनाइन्छ’, राना मगर भन्छन्, ‘पूजा सर्जामचाहिँ गाउँका सबैको घरबाट उठाइन्छ, तर पूजा गुरुङ, मगरले मात्र गर्ने चलन छ। हाम्रा बाजे, बराजुको पालादेखि यस्तै चलिआएको हो। किन यस्तो चलन चल्यो, हामी कसरी जानुँ ।

पालुङटार नगरपालिका अन्तर्गत साविक धुवाँकोट, मिरकोट, च्याङ्ली गाविस र गोरखा नगरपालिकाअन्तर्गत साविक देउराली गाविसका करिब १५ सय घरधुरीले यहाँ पूजा गर्ने गर्छन्। मन्दिर कहिले र कसरी स्थापना भयो भन्ने एकिन नभए पनि साविक गाईखुर गाविसका पन्त परिबारले सो जंगलमा तामा खानी सञ्चालन गरेकाले दुख पीर नपरोस् भन्न मन्दिरको स्थापना गरेको भन्ने किंवदन्ती छ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...