कृषि अनुसन्धान केन्द्रमा आलु रोप्न मेसिन

Published on

काठमाडौं । इलामको जौबारीमा पहिलो पटक मेसिनबाट आलु रोपाई सुरु गरिएको छ । कृषि अनुसन्धान केन्द्र जौबारीले दुई वटा मेसिन खरिद गरी आलु रोप्न सुरु गरेको हो । उक्त मेसिनले नै आलु खन्ने काम समेत गर्नसक्छ । परम्परागत रूपमा मानिसले आलु रोप्ने र खन्ने काम गरिँदै आएकोमा केन्द्रले मेसिन खरिद गरेर मेसिनले आलु रोप्ने काम थालेपछि आलु रोप्ने काम छिटो हुने केन्द्रका वरिष्ठ वैज्ञानिक केन्द्र प्रमुख जर्नाजन गौतमले जानकारी दिनुभयो । केन्द्रले पाँच लाख रुपियाँको दरले दुई वटा आलु रोप्ने मेसिन ट्र्याक्टर खरिद गरेको छ ।

प्रमुख गौतमका अनुसार मेसिनले प्रति घण्टा दुई रोपनी जमिनमा आलु रोपीसक्ने छ । प्रमुख गौतमाले भन्नुभयो, ‘हामीले पहिलोपटक दुईवटा मेसिनबाट डेमो गरेका हौँ, अब ज्यामी बढी लाग्ने झन्झटबाट मुक्त भएका छौँ ।’ मलखाँद लगायत अन्य काम भने ज्यामी (मानिस) ले गर्ने गरिएको छ । उहाँका अनुसार उक्त मेसिनले आलु खन्ने काम समेत गर्नेछ । केन्द्रले मेसिनले आलु रोप्न थालेपछि छिटो रोपाई हुने, ज्यामीमा लाग्ने खर्च बचत हुने जनाएको छ । केन्द्रले जौबारीमा ३५ क्विन्टल आलु रोपिसकेको छ भने थप पाँच क्विन्टल आलु रोप्ने काम धमाधम भइरहेको छ । जौबारीमा केन्द्रको साढे तीन हेक्टर जमिन छ ।

मेसिनले रोपेको र ज्यामीले रोपेको आलु उत्पादनको अवस्था हेरेर अर्को वर्ष थप मेसिन खरिद गर्ने केन्द्र प्रमुख गौतमले जानकारी दिनुभयो । केन्द्रमा जनकदेब, खुमल विकास, खुमल सेतो, खुमल उज्ज्वल र डेजीरे जातका आलु रोप्ने गरिएको छ । आलु रोप्ने मौसममा कामदार नपाउने जस्ता समस्या हुँदै आएकोमा मेसिनले नै आलु रोप्ने र खन्ने काम हुने भए पछि केन्द्रको आर्थिक भार समेत घट्ने भएको छ । केन्द्रमा उत्पादन भएको आलुको बीउ इलाम जिल्ला भित्र र अन्य जिल्लमा समेत खपत हुँदै आएको छ । केन्द्रले बीउका लागि मात्र आलु बिक्री गर्ने गरेको छ । प्रतिकिलो ग्राम ८५ रुपियाँले बिक्री गर्दै आएको केन्द्रले आगामी वर्ष उत्पादन बढ्ने भए पछि मूल्य घटाउने जनाएको छ ।

केन्द्रसँगै रहेको कृषि ज्ञान केन्द्र अन्त्रगतको बागवानी विकास केन्द्रले समेत उक्त क्षेत्रमा आलु खेती गर्दै आएको छ । कृषि अनुसन्धान केन्द्रले आलु सहित बकुल्ले सिमी, मुला र रायोको जातीय परीक्षणको काम समेत गर्दै आएको छ । केन्द्र प्रमुख गौतमका अनुसार उक्त क्षेत्रमा केन्द्रले रोक किरा तथा मलखाद व्यवस्थापन र परीक्षणको काम समेत गर्दै आएको छ । केन्द्रले जौबारीमा बर्सेनि १० टन बढी आलु उत्पादन गर्दै आएको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...