लामो समयपछि हिमपात, चिसोले जनजीवन प्रभावित

Published on

काठमाडौँ । बाजुरामा लामो समयपछि वर्षासँगै हिमपात भएको छ । हिजो राति बूढीनन्दा, हिमाली, जगनाथ, स्वामिकार्तिक लगायतका स्थानीय तहमा लामो समयपछि वर्षासँगै हिमपात सुरु भएको हो । हिमपातका कारण चिसो बढ्न थालेपछि यहाँका स्थानीयको जनजीवन प्रभावित बन्दैगएको छ । बडीमालिका, त्रिवेणी, खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा पनि हिजो रातिबाट हिमपात सुरु भएको हो ।

गत राति सो स्थानमा हिमपात सुरु भएसँगै चिसोका कारण निमोनिया, रुघाखोकी लगायतका बिरामी भएका बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बन्दैगएका छन् । आफू लामो समय दमका बिरामी भएकाले चिसोमा थप समस्या भइरहेको बूढीनन्दा नगरपालिका –९ पाण्डुसैनका ७० वर्षीय धनवीर रोकायले बताउनुभयो ।

कृषक खुसी

लामो समयपछि जिल्लाका विभिन्न ठाउँमा हिमपात सुरु भएपछि किसान उत्साहित भएका छन् । हिउँदमा लगाएको गहुँ, जौ बाली सुक्न लागेका बेला हिजो रातिबाट वर्षासँगै हिमपात सुरु भएपछि सिँचाइमा ठुलो राहत मिलेको भन्दै किसान हर्षित बनेका हुन् । त्रिवेणी नगरपालिका–८ का कविता सार्कीले हिउँदे खेती गहुँ तथा तरकारी सिँचाइ नभएर सुक्नै लागेको समय पानीसँगै हिमपात भएपछि गहुँ जौ खेतीलाई निकै राहत पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँखेती पानी नपरेर सुक्न लागेको थियो । अहिले वर्षासँगै हिमपात भएपछि खेती सिँचाइमा सहज भयो ।” बाजुराको अधिकांश बूढीनन्दा हिमाली, स्वामिकार्तिक, बडिमालिका, त्रिवेणी बूढीगङ्गा छेडेदहलगायतका ठाउँमा आकाशे पानीको भरमा खेती गर्ने गर्छन् । सिँचाइ गरेको पानीभन्दा हिमपात भएपछि गहुँमा लाग्ने किरा फट्याङ्ग्रा मर्ने भएकाले खेतीपाती राम्रो हुनेगरेको सार्कीले बताउनुभयो ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...