वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : अध्यक्ष ओली

Published on

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्। शुक्रबार काठमाडौंमा बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, वेतिथीसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्। उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक,आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको दावी गरे। त्यस्तै अध्यक्ष ओलीले गठबन्धनले जित्ने नदेखेर प्रधानमन्त्रीले हस्तक्षेप गरेर स्काउटको सम्मेलन रोक्न निर्देशन दिएको भन्दै आपत्ती जनाए।

स्काउटको सम्पती कांग्रेसले बल देखाएर लुटेर खाइरहेको उनले आरोप लगाए । उनले अदालतको आदेश बिपरित स्काउटको सम्मेलन स्थगीत गर्ने विषयमा प्रधानमन्त्रीसँग पनि जिज्ञासा राखेको र मिलाएर लैजाने जवाफ पाएको बताए । रेडक्रस,गैर आवासीय नेपाल संघ लगायतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ। अध्यक्ष ओलीले बित्तिय संस्थाहरुले एकलौटी रूपमा व्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख गरे उनले सर्वसाधारणले पैसा राख्दा सस्तो व्याज दिनेले ऋण लगानी गर्दा धेरै ब्याज लिन नमिल्ने बताए।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...