वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : अध्यक्ष ओली

Published on

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन्। शुक्रबार काठमाडौंमा बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार गैरकानुनी, वेतिथीसँग चल्ने अलोकतान्त्रिक र भ्रष्ट सरकार भएको बताएका हुन्। उनले सरकारकै कारण राजनीतिक, सांस्कृतिक,आर्थिक र सामाजिक क्षेत्र नै तहसनहस भएको दावी गरे। त्यस्तै अध्यक्ष ओलीले गठबन्धनले जित्ने नदेखेर प्रधानमन्त्रीले हस्तक्षेप गरेर स्काउटको सम्मेलन रोक्न निर्देशन दिएको भन्दै आपत्ती जनाए।

स्काउटको सम्पती कांग्रेसले बल देखाएर लुटेर खाइरहेको उनले आरोप लगाए । उनले अदालतको आदेश बिपरित स्काउटको सम्मेलन स्थगीत गर्ने विषयमा प्रधानमन्त्रीसँग पनि जिज्ञासा राखेको र मिलाएर लैजाने जवाफ पाएको बताए । रेडक्रस,गैर आवासीय नेपाल संघ लगायतका संस्थामा समेत गठबन्धन सरकारले हस्तक्षेप गरेको उनको भनाइ छ। अध्यक्ष ओलीले बित्तिय संस्थाहरुले एकलौटी रूपमा व्याज बढाएर ऋणीहरुलाई समस्यामा पारेको उल्लेख गरे उनले सर्वसाधारणले पैसा राख्दा सस्तो व्याज दिनेले ऋण लगानी गर्दा धेरै ब्याज लिन नमिल्ने बताए।

spot_img

ताजा समाचार

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई २४ रनले हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो...

बूढीगण्डकीमा भीषण बाढी : पाँच गोठाला सम्पर्कविहीन, जलविद्युत् आयोजनाको निर्माणस्थल बगायो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा आइतबार बिहान आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको...

आजदेखि बडादसैँ सुरु, बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत

काठमाडौँ, असोज २५ । नेपालीको महान् चाड बडादसैँ आज आइतबारदेखि विधिवत् रूपमा सुरु हुँदैछ।...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत परिचय खुल्ने अन्य कागजातका...