स्पिकिङ आइडल’ अडिसन : महेन्द्रनगरबाट २७ जना छनौट 

Published on

काठमाडौं। कञ्चनपुरमा ‘स्पिकिङ आइडल’ प्रतियोगिताका लागि महेन्द्रनगरमा सम्पन्न भएको छ । आज (शनिवार) महेन्द्रनगरस्थित आदर्श विद्या निकेतनमा भएको अडिसनमा २७ जना छनौटमा पर्न सफल भएका छन् । छनौटमा पर्नेमा तपश्री केसी, प्रदिप पार्की, अर्विन जोशी, भावना जोशी पियुष पन्त, पूर्णिका चन्द, युवराज भट्ट, अमिशा पन्त, भावना जोशी, सुस्मिता रोकाया, रोहित पन्त, रेखा भट्ट, कृतिका भट्ट रहेका छन् । यस्तै रितु उपाध्याय, सुरज कुमार पन्त, आकृति पाठक, सोनिका अपाध्याय, सौभाग्य बोगटी, भुवनेश्वर प्रसाद पन्त, सपना धानुक, भुवनेश्वरी लावड, पुरन धामी, गौरव एैर, उपसना भट्ट, अर्चना चन्द, जतिन पन्द र बसन्ती जोशी छनौटमा पर्न सफल भएका छन् ।

जिल्लाका विभिन्न ४ ठाउँमा भएका अडिसनबाट जम्मा ५१ जनाले अडिसनको यात्रा पार गरेका छन्। अडिसन यात्रा पार गरेका प्रतियोगीहरूले भिमदत्तनगरमा हुने थप लेन्स स्पिकिङ‌ राउन्ड र सम्भावना राउन्ड गरी २ चरणमा प्रतिस्पर्धा गर्नेछन् । सम्पूर्ण चरण पार गर्ने उत्कृष्ट १० जनाले स्पिकिङ आइडल सिजन ४ को उपाधिका निम्ति फाल्गुन २ गते भिमदत्तनगर‌ स्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने ग्राण्ड फाइनलमा‌ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेताले एक थान ल्यापटप, उत्कृष्ट १० भित्र पर्नेलाई शैक्षिक सामग्रीको विशेष प्याकेज र टप ४० जनालाई प्रमाण पत्र प्रदान गरिनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...