नेप्से परिसूचक १३ अंकले बढ्यो, साढे ३ अर्बको सेयर कारोबार

Published on

काठमाडौं। यो साता पनि सेयर बजारमा उचारचढाव देखिएको छ। पहिलो कारोबार दिन आइतबार १०.५० अंकले घटेको नेप्से आज १३ अंक बढिले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३.७० अंकले बढेर २०९९.५२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.३० प्रतिशतले बढेर ३७५.८८ विन्दुमा पुगेको छ। नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा घटेको छ। यसदिन ३१४ कम्पनीको ९९ लाख १ हजार ६५२ कित्ता सेयर ३ अर्ब ५० करोड ४८ लाख १८ हजार ७३० रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ४ अर्ब बढि रुपैयाँको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल, समाज लघुवित्त वित्तीय,कुथेली बुखारी स्माल हाइड्रोपावर र चिर्खुवा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। ३ अर्ब बढि मूल्यको सेयर कारोबार भएको बजारमा एनआईसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ८.८९ प्रतिशतले घटेको हो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोड बढि मूल्यको सेयर कारोबार भयो।

यसैगरी एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टले १६ करोड,एनआईसी एसिया बैंकले १३ करोड,नेपाल इन्स्योरेन्सले ११ करोड र सोनापुरले १० करोड मूल्य बराबरको सेयर कारोबार गरे। १२ उपसमूहको सूचक सकारात्मक देखिदा एक उपसमूहको सूचक मात्रै ओरालो लागेको हो। मनु एण्ड प्रो उपसमूहको सूचक सर्वाधिक २.२२ प्रतिशतले बढेको हो। आज कारोबारमा आएका कम्पनीमध्ये १९९ को मूल्य बढ्दा ४५ वटाको घट्यो भने बाँकी ४ को मूल्य स्थिर ह्यो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...