किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

Published on

काठमाडौं । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्ली वरपरको अन्तर–राज्य सिमानाहरूमा भारी सुरक्षा तैनाथी गरिएको छ सयौँ किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन् ।

किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य वृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । उनीहरूले विभिन्न राज्यका करिब २०० किसान सङ्घले मङ्गलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन् । यसैबिच किसान युनियन र सङ्घीय मन्त्रीहरूको समूहबिच समस्या समाधानका लागि वार्ता सुरु भएको बताइएको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...