१४ अंकले घटेर सेयर बजार बन्द,कति भयो कारोबार ?

Published on

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको हो। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.९१ प्रतिशतले बढेको थियो। नेप्से घटेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ। यसदिन ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब २५ करोड मूल्यको सेयर कारोबार भएको थियो। आज दुईवटा कम्पनीको मात्रै सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बोटलर्स नेपाल र समाज लघुवित्तीय वित्तको सेयर १० प्रतिशतले बढेको हो।

२२ करोड बढि मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो। सगरमाथा जलविद्युतको ११ करोड बराबर मूल्यको सेयर कारोबार हुँदा जोशी हाइड्रोपावरको १० करोड,एनआईसी एसिया बैंक र हिमालयन ऊर्जा विकासको ८ करोड मूल्य बढिको सेयर कारोबार भयो। १३ वटा उपसमूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएका छन्। मनु एन्ड प्रोबाहेक १२ वटा उपसमूहको सूचक घटेको हो। कारोबारमा आएका कम्पनीमध्ये ७९ को मूल्य बढ्दा १६३ को मूल्य घट्यो।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...