करोड बढी लागतमा चार्जिङ स्टेसन

Published on

काठमाडौं। पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । एक करोड रुपियाँभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुविधा सम्पन्न दुर्गामाता चार्जिङ स्टेसनको बिहीबार हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले शुभारम्भ गर्नुभयो ।

युवा व्यवसायी उपेन्द्र सापकोटा, विप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त रूपमा लगानी रहेको सो चार्जिङ स्टेसनमा हाल तीन वटा विद्युतीय चार्जिङ उपकरण राखिएको छ । एक पटकमा तीन सवारी साधनमा चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेसनका सञ्चालक सापकोटाले थप दुई वटा चार्जिङ उपकरण जडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

स्टेसनमा हाल यात्रुको लागि खाना, गाडीको सरसफाइ, शौचालय लगायतका सेवा हाल व्यवस्था रहेकोमा वर्कसप सञ्चालनमा ल्याउने योजना राखिएको छ । उहाँले पेट्रोल–डिजेलका सवारी साधनले नेपाली पैसा विदेसिरहेको अवस्थामा पेट्रोलियम पदार्थको आयात कम गर्न नेपालमा उत्पादन हुने विद्युत नेपालभित्रै खपत बढाउने योजनामा सहयोग गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताउनुभयो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...