करोड बढी लागतमा चार्जिङ स्टेसन

Published on

काठमाडौं। पछिल्लो समय विद्युतीय सवारी सञ्चालन प्रयोगमा वृद्धि भएसँगै हेटौँडामा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडा उपमहानगरपालिका–९ स्थित कर्रामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । एक करोड रुपियाँभन्दा बढीको लगानीमा सञ्चालनमा ल्याइएको सुविधा सम्पन्न दुर्गामाता चार्जिङ स्टेसनको बिहीबार हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले शुभारम्भ गर्नुभयो ।

युवा व्यवसायी उपेन्द्र सापकोटा, विप्लप पौडेल र सन्तलाल मिजारको संयुक्त रूपमा लगानी रहेको सो चार्जिङ स्टेसनमा हाल तीन वटा विद्युतीय चार्जिङ उपकरण राखिएको छ । एक पटकमा तीन सवारी साधनमा चार्ज गर्न सकिन्छ । चार्जिङ स्टेसनका सञ्चालक सापकोटाले थप दुई वटा चार्जिङ उपकरण जडान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

स्टेसनमा हाल यात्रुको लागि खाना, गाडीको सरसफाइ, शौचालय लगायतका सेवा हाल व्यवस्था रहेकोमा वर्कसप सञ्चालनमा ल्याउने योजना राखिएको छ । उहाँले पेट्रोल–डिजेलका सवारी साधनले नेपाली पैसा विदेसिरहेको अवस्थामा पेट्रोलियम पदार्थको आयात कम गर्न नेपालमा उत्पादन हुने विद्युत नेपालभित्रै खपत बढाउने योजनामा सहयोग गर्ने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...