धरान रन शनिबार

Published on

काठमाडौं । धरान १० के नेवा च्यारिटी रनको १२औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको संस्थापक सन्तोष राईले बताउनुभयो । शिक्षाको निम्ति दौड नाराको साथ हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरेको उहाँले बताउनुभयो ।

धरानको गौरव र पर्यटन,प्रवर्द्धन विकासको अभियानसँग जोडिएको धरान रनको २४औँ संस्करणमा तीन हजार ६ सय सहभागी हुने धरान रनका अध्यक्ष रमु राईले बताउनुभयो । स्थानीय धावक धाविकाहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिइनेछ भने ह्विलचियर रेस, र यस पटक जनप्रतिनिधिहरूको लागि बेग्लै दौड पनि हुने आयोजकले जनाएको छ । जस्मा २२ जना जनप्रतिनिधिहरूले भाग लिने भएको आयोजकले जनाएको छ। सहभागीहरूलाई चिप टाइमिङ सिस्टम प्रयोग गरेर सही दौड समय मापन गर्न ३ हजार चिप खरिद गरेर प्रयोग गरिने पनि धरान रनका अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतियोगितामा १६ देखि ३९ वर्ष भित्रका खुल्ला दौड समूहमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष स्पर्धातर्फ क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । यस्तै, १२ वर्ष मुनिको समूह, १२ वर्षदेखि १५ वर्षसम्मका उमेर समूह र ४० वर्ष माथिका भेट्रान उमेर समूहमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुषतर्फ विजेताहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपियाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

साथै, ६० वर्ष माथिका धावक धाविकालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष राईले बताउनुभयो । सहभागी सबैलाई टिसर्ट उपलब्ध गराउने र दौड पुरा गर्ने सबैलाई प्रमाणपत्र र आकर्षक मेडल दिने आयोजकले जनाएको छ। कार्यक्रममा अतिथिको रूपमा नायिका तथा मोडेल नीति शाह र गोर्खा बिग्रेड ब्यान्डबाट प्रस्तुति हुने साथै समापन समारोहमा खेलकुद तथा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान पनि गरिने अध्यक्ष राईले बताउनुभएको छ। गोरखापत्र ।

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...