पुरण राईका पाँच कृति एकसाथ सार्वजनिक

Published on

काठमाडौं । डा। पुरण राईद्वारा लिखित पाँच कृतिको एकैसाथ लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले काठमाडौंमा आयोजित कार्यक्रममा डा। राईका पाँच कृतिको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा डा। राईका अन्य कृति कोभिड दैनिकी ‘डरका विम्बहरू’, उपन्यास ‘वसन्त रितु’, नाटक ‘लासमाथिको मानवता’ र विश्लेषण ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ लोकार्पण गर्नुभयो । मन्त्री किरातीले लेखक डा। राईलाई शुभकामना दिनुहुँदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ति कलम चलाउन आग्रह गर्नुभयो । “नेपाली समाजको गर्भभित्र समाजवादका भ्रूण छन् । लेखकले त्यसलाई उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयका प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ माथि समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्त्व भएको धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा। राईलाई शुभकामना व्यक्त गर्दै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए । अनलाइन अभिलेख प्रा।लि।द्वारा प्रकाशित उक्त कृतिमा प्रा।डा। विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा। भक्त राईले समालोचना गर्नुभयो । नेपाल एयरलाइन्समा कार्यरत लेखक डा। राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गर्नुभयो । “डरका विम्ब, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहानी हो”, उनले आफ्नो दैनिकी ‘डरका विम्ब’ बारे भने, “म पनि हजारौँ मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखि जान्ने, सुनी जान्ने साक्षी हो ।”

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा...

बाँकेमा मिनी रङ्गशाला अधूरै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित...

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक...

बाँकेमा जलपन्छी गणना

काठमाडौं । बाँकेका विभिन्न तालतलैया, सिमासर क्षेत्र, जलाशय क्षेत्र तथा नदी क्षेत्रमा पानीमा आश्रित...