१५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप

Published on

काठमाडौं । सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका–४ मा रहेको प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुलका विद्यार्थीलाई खोप लगाउँदै अभियान सुरु गरेको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले उक्त खोप अभियानको शुभारम्भ गर्नुभएको छ । सिन्धुपाल्चोकको तीन नगरपालिका, नौ गाउँपालिकाको १०३ वटै वडामा सोमबारबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । चौतारा अस्पतालका प्रमुख डाक्टर गगन अधिकारीले ९ महिनादेखि ५ वर्ष उमेर समूहका आफ्ना बालबालिकालाई खोप लगाउन सिन्धुपाल्चोकवासीलाई आग्रह गर्नुभयो । खोल लगाएपछि कुनै बालबालिकालाई सामान्य ज्वरो आउने, दुख्ने, सुन्निने जस्ता असर देखापरेमा नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ ।

सबै वडामा स्वास्थ्य चौकी इन्चार्जको नेतृत्वमा सिन्धुपाल्चोकमा खोप अभियान सञ्चालनमा छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । दादुरा–रुबेला सङ्क्रमणयुक्त रोग भएकाले लक्षित उमेर समूहका बालबालिकालाई नछुटाई खोप लगाउन जिसस प्रमुख श्रेष्ठले अभिभावकलाई अपिल गर्नुभयो ।

ताजा समाचार

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...