१५ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप

Published on

काठमाडौं । सिन्धुपाल्चोकका १५ हजार ६७९ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे नगरपालिका–४ मा रहेको प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुलका विद्यार्थीलाई खोप लगाउँदै अभियान सुरु गरेको हो ।

जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले उक्त खोप अभियानको शुभारम्भ गर्नुभएको छ । सिन्धुपाल्चोकको तीन नगरपालिका, नौ गाउँपालिकाको १०३ वटै वडामा सोमबारबाट दादुरा–रुबेला खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । चौतारा अस्पतालका प्रमुख डाक्टर गगन अधिकारीले ९ महिनादेखि ५ वर्ष उमेर समूहका आफ्ना बालबालिकालाई खोप लगाउन सिन्धुपाल्चोकवासीलाई आग्रह गर्नुभयो । खोल लगाएपछि कुनै बालबालिकालाई सामान्य ज्वरो आउने, दुख्ने, सुन्निने जस्ता असर देखापरेमा नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ ।

सबै वडामा स्वास्थ्य चौकी इन्चार्जको नेतृत्वमा सिन्धुपाल्चोकमा खोप अभियान सञ्चालनमा छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । दादुरा–रुबेला सङ्क्रमणयुक्त रोग भएकाले लक्षित उमेर समूहका बालबालिकालाई नछुटाई खोप लगाउन जिसस प्रमुख श्रेष्ठले अभिभावकलाई अपिल गर्नुभयो ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...