राष्ट्रियसभामा फागुन १७ देखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

Published on

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत भएको छ । सोमबारको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रिय सभामा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि १७, २७, २९ र ३० गते राष्ट्रिय सभाको बैठकमा छलफल हुने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले छलफलमा उठेका प्रश्नको जवाफ फागुन ३० गते अर्थमन्त्री महतले दिनुहुने पनि जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा मात्र केन्द्रित भई छलफल हुने र छलफलमा भाग लिन चाहने सदस्यहरुको नाम दलीय प्रतिनिधित्वका आधारमा छलफलभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखा राष्ट्रिय सभामा उपलब्ध गराइदिन आग्रह गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक फागुन १७ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...