दुई महिनादेखि बन्द कुलेखानी–फाखेल सडकखण्ड बुधबारदेखि खुल्ने

Published on

काठमाडौं । मकवानपुर हुँदै काठमाडौं जोड्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडक खण्ड बुधबारबाट सुचारु हुने भएको छ ।

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ्ग सडकखण्डको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिको कार्य हुँदै आएको छ । उक्त सडकखण्डको मकवानपुरतर्फ कुलेखानी–फाखेल–हुमानेभञ्ज्याङ सडकसडक मर्मत, निर्माण तथा स्तरोन्नतिको क्रममा गत पुस १६ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको गरिएको थियो । बन्द सडकखण्ड बुधबारबाट सुचारु गर्न लागेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य निरन्तर चलिरहेको बताउनुहुँदै कार्यलाई प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न पुस १६ गतेदेखि दुई महिनाका लागि अर्थात् आजसम्मका लागि सो सडकबाट चल्ने सम्पूर्ण सवारी साधनहरू पूर्णरुपमा आवतजावत बन्द गरिएकोमा भोलिबाट सुचारु गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले उक्त सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या एवम् होटेल व्यावसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यावसायीहरुको असुविधालाई दृष्टिगत गरी कुलेखानी फाखेल हुमानेखण्ड सुचारु गरिएको बताउनुभयो ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...