स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत

Published on

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मी पुरस्कृत गरेको छ ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो । मन्त्री बस्नेतले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुलाका सिनियर अनमी बबिता विष्ट प्रदान गर्नुभएको छ । अनमी विष्टले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी, सुर्खेत अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा।केशर वहादुर ढकाल, कालिकोटका सिअहेव, दीर्घ बहादुर नेपाली, बाराकी सिअनमी किरण कुमारी र फार्मेसी निरीक्षक सुश्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ । उहाँहरुले ५० हजार रुपिया पुरस्कार प्राप्त गर्नुभएको छ ।

मन्त्रालयले हरेक वर्ष स्वास्थ्य सेवा दिवस मनाउर्दै आएको छ । यस वर्षपनि दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी स्वास्थ्य सेवा दिवस मनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...