कर्णाली पारीको जनजीवन बद्लिँदै

Published on

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको कर्णाली नदीमा हालेको फेरीले स्थानीयको जनजीवन बद्लिएको छ । जिल्लाको स्वास्माकार्तिक खापर गाउँपालिकाका स्थानीय अछामको साँफेबगर बार्जुगाड तिपाडा मार्तडी दानसाँगु कोल्टी र पीलिचौर देखि प्युठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए ।

२०७७(०७८ सालमा स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदिमा हालेको फेरीले गाडी वारपार हुन थालेपछि यहाँका स्थानीयको त्यो समस्या टरेको छ । कर्णाली नदिमा फेरी चल्न थालेपछि अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक सञ्जालको पहुँचमा छन् । कर्णाली नदीमा हालेको फेरीका कारण अहिले ती सडकमा ट्याक्टर जिप लगायतका सावारी साधान गुड्न थालेपछि यहाँका स्थानीयको जनजीवन पनि बद्लिएको हो । कर्णाली नदीमा फेरीले गाडी वारपार गर्न थालेपछि नुन तेल चामल लगायतका दैनिक उपभोग्य समाग्री ल्याउन निकै सहज भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय नरे लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पीठ्युँमा बोक्नु पर्ने ती दैनिक उपभोग्य सामाग्री अहिले गाडीमै घरमा पुग्न थालेपनि निकै सहज भएको छ ।”

हिउँदमा कर्णाली नदिमा पानी वहाव कम हुँदा फेरी चल्ने र वर्खाको समय पानीको वहाव बढेपछि फेरी नचलेपछि वर्खाको समय भने समस्या उस्तै हुने गरेको लुहारले बताउनुभयो । पछिल्लो समय स्वामिकार्तिक गाउँपालिकाका अधिकाशं गाउँ बस्तीमा सडक सञ्जालको पुहँचमा भएसँगै यहाँका स्थानीयले उत्पादन गरेको कृषि जन्य सामग्री समेत बजारमा पुग्न थालेको छ । गाडी गाउँमै पुग्न थालेपछि यहाँका अधिकाशं स्थानीय अहिले व्यापार व्यवसायमा गर्न थालेका छन् । पीठ्युँको भरमा पेट पाल्दै आएका यहाँका स्थानीय अहिले गाडीबाट नै घरमा खाद्यान ढुवानी गर्न थालेका छन् । स्याउ र सुन्तला उत्पादनका लागि यो ठाउँ राम्रो भएकोले पछिल्लो समय यहाँका स्थानीय सडक पुगेसँगै कृषि क्षेत्रमा लागि परेका छन् । गत वर्षमा यहाँका अधिकाशं स्थानीयले स्याउँ बिक्रीबाट नै लाखौ रुपियाँ आम्दानी गरेका छन् ।

कृषि उत्पादनका लागि पर्याप्त ठाउँ भएपनि यातायताको सुविधा नहुँदा कसैले चाँसो देखाएका थिएन । अहिले गाउँ बस्तीमा गाडी गुड्न थालेपछि यहाँका अधिकाशं स्थानीयले स्याउ उत्पादनमा निकै चासो देखाउन थालेका छन् । गाडी चलेपछि यहाँ उत्पादन भएको कागुनो, कोदो, झुमरो, सिमी लगायतका अर्गानिक खाद्य देशका विभिन्न सहरमा पुग्न थालेपछि यहाँका स्थानीयको आर्थिक अवस्थामा पनि निकै टेवा पुगेको छ । अहिले फेरीबाट गाडी वारपार हुने गरेका छन् । हिउँद्मा फेरी चलेपछि गाडी पनि चल्छ । वर्खामा फेरी नचलेपछि गाडी पनि नचल्ने गरेको जिप चालक बताउँछन् । पक्की पुल निर्माण भएपछि यहाँका प्रत्येक गाउँ बस्तीमा हिउँदको महिना सँधै गाडी चल्न समस्या नहुने जिप चालक मानबहादुर रोकायाले बताउनुभयो ।

कर्णाली नदिमा फेरीका साहायताले स्वामिकार्तिक गाउँपालिकामा डोजर पुगाएका हौं । अहिले प्राय अधिकाशं गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । ती सडकमा अहिले जिप ट्याक्टर चल्ने गरेपछि यहाँको स्थानीयको जनजीवनमा परिवर्तन भएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारको १९ करोडमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका ४ को वाई बिचमा रहेको चुल्लीगाडमा पुल निर्माण हुन थालेको छ ।” फेरीले यहाँ चल्ने सवारीसाधनलाई आजजाउमा गर्न सहज बनाएको छ । चुल्लीगाडमा पक्की पुल निर्माण हुने बित्तिकै थप यहाँका सबै गाउँ बस्तीमा नियमित गाडी सुचारु हुन सक्ने रोकायाले बताउनुभयो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...