पसलमा आगलागी हुँदा करिब करोड क्षति

Published on

काठमाडौं । नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।

पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिनुभएको जानकारीअनुसार मंगलबार राति करिव १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको हो । कसौंधनले सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको खबर थाहा पाउनेवित्तिकै दमकल, प्रहरी र स्थानीय वासिन्दाले पुगेर केही बेरमै आगोमा नियन्त्रण पाए पनि पसलभित्रको सबै सामान जलेर खरानी भइसकेको बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरन्जन घिमिरेले आगलागीबाट ठुलै क्षति भए पनि क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जनाउँदै सबै विवरण पाएपछि मात्र क्षति यकिन गर्न सकिने बताउनुभयो । सर्ट सर्किट भएर नेपालगन्जमा हरेक महिनाजसो कुनै न कुनै पसलमा आगलागी हुँदैआएको स्थानीयको भनाइ छ ।

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...