भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

Published on

काठमाडौं । गोरखाका विकट गाउँपालिका धार्चेका भूमिहिन दलित र भूमिहिन सुकुम्बासी घरपरिवारलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोली धार्चेको हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच सकाएर जिल्ला सदरमुकाम फर्किए लगत्तै लालपुर्जा दिने काममा लागि परेको सुकुम्बासी आयोगका जिल्ला सदस्य बिपिनचन्द्र ढकालले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिका(१ हुल्चुकमा जम्मा १३ घर भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिनको लागि फिल्डमै गएर प्रस्तावित जमिनको नापजाँच गरि १३ घर भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । १३ घर परिवारलाई यसअघि नै निस्सा वितरण भइसकेको छ । त्यहि निस्साको आधारमा जमिनको नापजाँच भएको हो । उनीहरुलाई प्रदान गरिने जग्गा सरकारी, ऐलानी र पर्ती रहेको उहाँले जानकारी दिनुभयो । अहिले कसलाई कति जग्गा दिने भन्दा पनि १३ घर परिवार सबैलाई समान रुपले वितरण गरिने उहाँको भनाइ छ । धार्चेको धेरै ठाउँमा अब्यबस्थित बसोबासी समेत रहेकाले सुकुम्बासी भूमिहिन दलितलाई लालपुर्जा वितरण गरेपछि मात्र उनिहरुको प्रक्रिया अघि बढाईने भूमि आयोग गोरखाका सदस्य ढकालले जानकारी दिनुभयो ।

केहि दिनअघि मात्र धार्चेको हुल्चुकमा भूमि आयोगका अध्यक्ष कमला नहर्की, सदस्य बिपिन ढकाल, मिना पनेरु, नापी कार्यालय गोरखाका प्रमुख भरतराज खनाल, अमिन सुर्य बहादुर गुरुङ, सर्भेक्षक सम्झना खनाल लगाएत सिर्दिबासको नापी र मालपोत कार्यालयका कर्मचारी पुगेर सबै काम सम्पन्न गरेर फर्किएको भूमि आयोग गोरखाले जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...