भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने

Published on

काठमाडौं । गोरखाका विकट गाउँपालिका धार्चेका भूमिहिन दलित र भूमिहिन सुकुम्बासी घरपरिवारलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भएको छ । राष्ट्रिय भूमि आयोग गोरखाको टोली धार्चेको हुल्चुक पुगेर प्रस्तावित जमिनको नापजाँच सकाएर जिल्ला सदरमुकाम फर्किए लगत्तै लालपुर्जा दिने काममा लागि परेको सुकुम्बासी आयोगका जिल्ला सदस्य बिपिनचन्द्र ढकालले जानकारी दिनुभयो ।

धार्चे गाउँपालिका(१ हुल्चुकमा जम्मा १३ घर भूमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिनको लागि फिल्डमै गएर प्रस्तावित जमिनको नापजाँच गरि १३ घर भूमिहिन दलितलाई लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । १३ घर परिवारलाई यसअघि नै निस्सा वितरण भइसकेको छ । त्यहि निस्साको आधारमा जमिनको नापजाँच भएको हो । उनीहरुलाई प्रदान गरिने जग्गा सरकारी, ऐलानी र पर्ती रहेको उहाँले जानकारी दिनुभयो । अहिले कसलाई कति जग्गा दिने भन्दा पनि १३ घर परिवार सबैलाई समान रुपले वितरण गरिने उहाँको भनाइ छ । धार्चेको धेरै ठाउँमा अब्यबस्थित बसोबासी समेत रहेकाले सुकुम्बासी भूमिहिन दलितलाई लालपुर्जा वितरण गरेपछि मात्र उनिहरुको प्रक्रिया अघि बढाईने भूमि आयोग गोरखाका सदस्य ढकालले जानकारी दिनुभयो ।

केहि दिनअघि मात्र धार्चेको हुल्चुकमा भूमि आयोगका अध्यक्ष कमला नहर्की, सदस्य बिपिन ढकाल, मिना पनेरु, नापी कार्यालय गोरखाका प्रमुख भरतराज खनाल, अमिन सुर्य बहादुर गुरुङ, सर्भेक्षक सम्झना खनाल लगाएत सिर्दिबासको नापी र मालपोत कार्यालयका कर्मचारी पुगेर सबै काम सम्पन्न गरेर फर्किएको भूमि आयोग गोरखाले जनाएको छ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...